राष्ट्रियसभाको बैठक बस्दै, नीति तथा कार्यक्रममाथि छलफल हुने
नेपालखोज
२०८२ वैशाख २२ गते ६:३६

काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । दिउँसो सवा १ बजे बस्ने बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने कार्यसूची रहेकाे छ ।
वैशाख १९ गते संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति रामचन्द्र पौडेललेबाट गरेको सम्बोधनमा आर्थिक वर्ष २०८२र८३ का लागि सरकारको नीति तथा कार्यक्रममाथिको छलफल सुरु गर्न प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
आर्थिक वर्ष २०८२र८३ का लागि सरकारको नीति तथा कार्यक्रममाथिको छलफल सुरु गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । नीति तथा कार्यक्रममाथि राष्ट्रियसभामा आज र भोलि छलफल हुनेछ ।
सम्बन्धित

प्रतिक्रिया