तेस्रो त्रैमासमा कमायो छ करोड ५५ लाख रुपैंयाँ खुद मुनाफा

नेपालखोज २०८२ वैशाख २२ गते १४:१०

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाको खुद मुनाफा उच्चरुपमा बढेको छ । संस्थाले चालु आर्थिक बर्षको तेस्रो त्रैमासिक अवधिमा छ करोड ५५ लाख ८३ हजार सात सय ८७ रुपैंयाँ खुद मुनाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा निकै बढी हो । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा तीन करोड ८८ लाख १९ हजार सात सय ५४ रुपैंयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी ७३ करोड ३० लाख ४६ हजार दुई सय ८० रुपैंयाँ रहेको संस्थाले चालु आवको तेस्रो त्रैमासमा तीन अर्ब ११ करोड ४६ हजार एक सय १५ रुपैंयाँ निक्षेप संकलन गरी १० अर्ब १५ करोड चार लाख ७१ हजार पाँच सय १८ रुपैंयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ५० करोड ८० लाख ८८ हजार चार सय ४६ रुपैंयाँ खुद व्याज आम्दानी गरेको संस्थामा चार दशमलव ९७ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।

गत आवको सोही अवधिमा दुई अर्ब ८० करोड ३५ लाख ७१ हजार छ सय ८० रुपैंयाँ निक्षेप संकलन गरी नौं अर्ब ५५ करोढ ५८ लाख ७७ हजार सात सय २२ रुपैंयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ३१ करोड ६२ लाख ३३ हजार नौ सय ९५ रुपैंयाँ खुद व्याज आम्दानी गरेको चार दशमलव ९५ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।

प्रतिक्रिया