वाग्मती प्रदेशमा वैशाख २४ गते सार्वजनिक बिदा

नेपालखोज २०८२ वैशाख २२ गते १८:४५

काठमाडौं । वाग्मती प्रदेश सरकारले यही वैशाख २४ गते सार्वजनिक बिदा दिने भएकाे छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै बिदा दिने निर्णय भएको जनाएको हाे ।

प्रदेश सरकारको सरकारी कामकाजको भाषासम्बन्धी दिवसको अवसरमा प्रदेशभर बिदा दिने निर्णय गरिएकाे विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।

प्रतिक्रिया