मंगलबार, वैशाख २३, २०८२

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

नेपालखोज २०८२ वैशाख २३ गते १२:४८

काठमाडौं । धनुषाको गणेशमान चारनाथ नगरपालिका-६ स्थित सडकमा ना.८ ख ६५२७ नम्बरको टिपरको ठक्करबाट सोही नगरपालिका-५ बस्ने २१ वर्षीय समिर भन्ने योग कुमार बोगटीको गए राति मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल जनकपुरमा थप उपचारको क्रममा मृत्यु भएको हो । साथै टिपरको ठक्करबाट घाइते भएका अन्य ३ जनाको जानकी मेडिकल बिरेन्द्र बजारमा उपचार भइरहेको छ । हाल फरार टिपर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२१ आधाभार जङ्गलस्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका करिब ३० वर्षीय पुरूषको सोमबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया