मंगलबार, वैशाख २३, २०८२

सुदूरपश्चिम, धनगढीमा पञ्चकन्या ग्रुपको प्रिमियम बाथवेयर लाइनको भव्य शुभारम्भ

नेपालखोज २०८२ वैशाख २३ गते १३:१७

काठमाडौं । पञ्चकन्या ग्रुप, जुन नेपालमा विश्वास, गुणस्तर र नवीनताको पर्याय बनिसकेको छ,ले आफ्नो नयाँ ब्रान्ड पञ्चकन्या बाथवेयर को धनगढीमा औपचारिक शुभारम्भ गरेको छ । यो नयाँ प्रयासले नेपालको बाथवेयर बजारमा लामो समयदेखि देखिएको समस्या-अत्यधिक महँगा प्रिमियम उत्पादन र सस्तो तर न्यून गुणस्तरका विकल्पबीच सीमित रोजाइ-लाई सम्बोधन गर्ने उद्देश्य राखेको छ ।

पञ्चकन्या बाथवेयरले सुचिन्तित रूपमा डिजाइन गरिएको प्रिमियम स्तरको ट्याप, सावर र अन्य सहायक उपकरण प्रस्तुत गर्दैछ, जसले विलासिता, पहुँचयोग्यता, र दीर्घकालीन भरपर्दोपनलाई एकैसाथ जोड्दछ । डिजाईन उत्कृष्टता र दिगोपनमा केन्द्रित यो ब्रान्डले नेपाली घरपरिवार तथा व्यवसायिक स्थलको दैनन्दिन अनुभवलाई नयाँ परिभाषा दिने उद्देश्य राख्दछ । धनगढीमा आयोजित डिलर लञ्च कार्यक्रमलाई स्थानीय व्यवसायिक संघ, शिक्षा, होटल तथा निर्माण क्षेत्रका ६० भन्दा बढी विशिष्ट अतिथिको उल्लेखनीय उपस्थितिले अझ भव्य बनायो ।

पञ्चकन्या ग्रुपका निर्देशक अशिक श्रेष्ठले कम्पनीको गुणस्तर र नवप्रवर्तनमा केन्द्रित प्रतिबद्धता प्रस्तुत गर्दै बाथवेयर बजारमा ब्रान्डको दृष्टिकोण, विशेषता र यसको दीर्घकालीन सम्भावनाबारे प्रकाश पारे । पञ्चकन्या बाथवेयरका सेल्स हेड बसन्त रिजालले उत्पादनको विशेषता, सेवा प्रत्याभूति र आगामी रणनीतिबारे सहभागीलाई जानकारी दिए ।

कार्यक्रममा पुष्कर ओझा (बरिष्ठ उपाध्यक्ष, उद्योग व्यवसायी संघ कैलाली), चेडुलाल चौधरी (प्रबन्ध निर्देशक, चौधरी कन्स्ट्रक्सन), प्रकाश सेठी (केन्द्रीय उपाध्यक्ष, निर्माण व्यवसायी संघ), मुकेश जोशी (निर्देशक स्ट्रीमलाइन इन्जिनियरिङ) लगागतका व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रमले उत्पादनको परिचय मात्र नभई नेपालको बाथवेयर उद्योगको भविष्यबारे अर्थपूर्ण छलफलको माध्यम पनि बन्यो। सहभागीहरूको उत्साही सहभागिताले गुणस्तर र पहुँचयोग्यता सन्तुलन गर्ने ब्रान्डप्रति बजारको सकारात्मक तत्परतालाई पुष्टि गरेको छ ।

पञ्चकन्या समूहको बारेमा
पञ्चकन्या समूहले नेपालमा विभिन्न विकास निर्माण कार्यको लागि उच्च गुणस्तर र दिगो समाधान प्रदान गर्दै आएको छ । पञ्चकन्या बाथवेयरको परिचय कम्पनीको इतिहासमा एक अर्को महत्वपूर्ण कदम हो, जसले नेपाली उपभोक्ताको जीवनलाई सुधार्ने उत्पादनहरू उपलब्ध गराउने काम गर्दछ ।

प्रतिक्रिया