बुधबार, वैशाख २४, २०८२

भारत र पाकिस्तान दुवै देशलाई अधिकतम सैन्य संयम अपनाउन राष्ट्रसंघका महासचिवकाे अपिल

नेपालखोज २०८२ वैशाख २४ गते ५:५४

काठमाडाैं । भारत सरकारले पाकिस्तान प्रशासित कश्मीरमा भएको क्षेप्यास्त्र आक्रमणको बारेमा जानकारी दिँदै जारी गरेको विज्ञप्तिकाे संयुक्त राष्ट्रसंघले यसको जवाफ दिएको छ ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ताले गुटेरेस नियन्त्रण रेखा र अन्तर्राष्ट्रिय सीमापारि भारतीय सैन्य कारबाहीप्रति गहिरो चिन्तित रहेकाे जनाएका छन् ।

प्रवक्ता स्टेफेन डुजारिकले एन्टोनियो गुटेरेसले दुवै देशलाई अधिकतम सैन्य संयम अपनाउन अपील गरेकाे बताएका छन् ।

प्रतिक्रिया