पाकिस्तानमाथि भारतकाे आक्रमण : अमेरिकी विदेशमन्त्रीले के भने ?
नेपालखोज
२०८२ वैशाख २४ गते ७:०९

काठमाडाैं । भारतको आक्रमणको बारेमा अमेरिकी विदेशमन्त्री मार्को रुबियोले परिस्थितिमाथि निगरानी राखेकाे जनाएका छन् । सामाजिक सञ्जाल एक्समार्फत उनले भारत र पाकिस्तानको अवस्थालाई नजिकबाट नियालिरहेको जनाएका हुन् ।
उनले लेखेका छन्- ‘म राष्ट्रपति डोनाल्ड ट्रम्पको टिप्पणीसँग सहमत छु कि यो चाँडै अन्त्य हुनुपर्छ र शान्तिपूर्ण समाधानको लागि भारतीय र पाकिस्तानी नेतृत्व दुवैसँग वार्ता जारी राख्नेछु।’
यसैबीच, केही समय अगाडि पाकिस्तानी सेनाले बीबीसीलाई बताएअनुसार भारतीय आक्रमणमा दुई बालबालिकासहित सात जनाको मृत्यु भएको छ ।
अर्कोतर्फ, पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले पाकिस्तानलाई भारतीय आक्रमणको निर्णायक जवाफ दिने पूर्ण अधिकार रहेकाे जनाएकाे छ ।
सम्बन्धित
प्रतिक्रिया