एक करोड ५० लाख जरिवाना तिर्न नसकेपछि अमित अग्रवाल कारागार चलान

काठमाडाैं । अदालतले तोकेको जरिवाना तिर्न नसकेपछि व्यापारी अमित अग्रवाल कारागार चलान भएका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंले उनलाई मंगलबार स्वयम्भूबाट पक्राउ गरेर अदालतमा उपस्थित गराएको थियो । अदालतले तोकेको डेढ करोड जरिवाना तिर्न नसकेपछि उनलाई डिल्लीबजार कारागार चलान गरिएको प्रहरीले जनाएकाे छ ।
जिल्ला अदालत काठमाडौंले उनलाई बैंकिङ कसुर र चेक अनादरका दुईवटा मुद्दामा दोषी ठहर गर्दै कैद र जरिवानाको फैसला गरेको थियो ।
काठमाडौँ महानगरपालिका ३० बस्ने ४७ वर्षका अग्रवाल अदालतबाट दोषि ठहर भएपछि फरार रहँदै आएका थिए । २०८० जेठ २२ गते बैंकिङ कसुर मुद्दामा ३० दिन कैद र एक करोड ५० लाख रुपैयाँ जरिवाना हुने फैसला भएको थियो ।
२०८० असार २१ गते चेक अनादरको मुद्दामा ३ हजार जरिवाना र २०८० फागुन २४ गते चेक अनादरकै अर्को मुद्दामा ४ हजार जरिवानाको फैसला भएको थियो ।
प्रतिक्रिया