बिहीबार, वैशाख २५, २०८२

६२ अंकले बढ्दा १० अर्ब ५१ करोडको शेयर किनबेच

नेपालखोज २०८२ वैशाख २४ गते १५:३९

काठमाडौं । शेयर बजारमा उछाल आएको छ । नेप्से साताको चौथो कारोबार दिन आज बुधबार ६२.२५ अंकले बढेर २ हजार ६७७.६९ अंकमा पुगेको छ । यसैगरी क बर्गका कम्पनीको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि १०.९७ अंकले बढेर ४५१.२४ अंकमा पुगेको छ ।

नेप्सेमा आज ३०८ वटा कम्पनीको ९९ हजार ३०५ पटकको कारोबारमा दुई करोड ७२ लाख ४५ हजार चार सय ५९ कित्ता शेयर खरिद-बिक्री भएकोमा कुल कारोबार रकम १० अर्ब ५१ करोड ८४ लाख छ हजार ३५२ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समूहको शेयर कारोबार भएकोमा सबै समूहको सूचक बढेर नेप्से पुरै हरियो भएको छ । याे मध्ये वाणिज्य बैंक समूहको सूचक ३८.५८ अंकले बढेर १ हजार ३३४.५९ अंकमा चढेकोमा बिकास बैंक समूहको सूचक १२५.५० अंकले बढेर पाँच हजार ३४६.८८ अंकमा पुगेको छ ।

फाइनान्स समूहको सूचक १२६.६८ अंकले बढेर २ हजार ४३९.८३ अंकमा चढेकोमा जलबिद्युत समूहको सूचक ११०.४८ अंकले बढेर तीन हजार ६३६.७५ अंकमा पुगेको छ ।

जीवन बिमा समूहको सूचक ३१८.१ अंकले बढेर १३ हजार ३०८.७३ अंकमा चढेकोमा निर्जीवन बीमा समूहको सुचक पनि ३३०.१० अंकले बढेर १२ हजार ६६७.८५ अंकमा पुगेको छ ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो नेपाल माईक्रो लाईफ इन्स्योरेन्स कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा ङादी ग्रुप पावर लिमिटेड परेको छ ।

यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीको सुचीमा भने सानिमामाई हाईड्रो पावर कम्पनी लिमिटेड पहिलो स्थानमा परेको छ ।

प्रतिक्रिया