बिहीबार, वैशाख २५, २०८२

श्रम प्रशासनलाई थप व्यवस्थीत गर्दै अघि बढ्छ : श्रममन्त्री भण्डारी

नेपालखोज २०८२ वैशाख २४ गते १६:५७

काठमाडाैं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले श्रम प्रशासनलाई थप व्यवस्थीत गर्दै अघि बढ्ने बताएका छन् ।

नेपाल ट्रेड युनियन काँग्रेसले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री भण्डारीले श्रम कार्यालयलाई प्रदेशसंग जोड्ने गरि काम भइरहेको बताए ।

श्रम सम्बन्धी कार्यलाई पारदर्शी बनाउनका लागि सवै सेवा, सूचनाहरुलाई एकीकृत गर्ने काम भएको उनले बताए । उनले रोजगारीको विकल्प रोजगारी नै हुने भएको हुनाले त्यसका लागि सबै पक्ष्म मिलेर काम गर्नुपर्ने समेत बताए ।

मन्त्री भण्डारीले रोजगारीलाई सिपसंग जोडन सके देश भित्र पनि थुप्रै रोजगारहरु सृजना गर्न सकिने दाबी गरे । उहाले श्रम क्षेत्रमा देखिएको समस्याहरु एक अर्कामाथि आरोप लगाएर पन्छिन नमिल्ने भन्दै सरकार, टे«ड युनियन र निजी क्षेत्र मिलेर अघि बढ्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया