अर्थ मन्त्रालयलाई राष्ट्र बैंकले बुझायो बजेट अघिको समीक्षा प्रतिवेदन
नेपालखोज
२०८२ वैशाख २४ गते १८:११

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को बजेट अघि आफ्नो समीक्षा प्रतिवेदन अर्थ मन्त्रालयलाई बुझाएको छ ।
बुधबार कायम मुकायम गभर्नर डा. निलम ढुंगाना तिम्सिनाले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई यो प्रतिवेदन हस्तान्तरण गरेकी हुन् ।
प्रतिवेदनमा आर्थिक अवस्था, मौद्रिक नीतिको प्रभाव तथा आउन सक्ने चुनौतीहरूको विश्लेषण समेटिएको छ । अर्थमन्त्री पौडेलले यो प्रतिवेदनले आगामी बजेट बनाउन ठूलो सुझाव दिने तथा नीतिगत निर्णयमा सहयोग पुग्ने जानकारी दिएकी छन् ।
सम्बन्धित
प्रतिक्रिया