बिहीबार, वैशाख २५, २०८२

पाकिस्तानमाथि भारतको हवाई आक्रमण : अमेरिका, इजरायल, चीन, रुस र टर्कीले के भने ?

नेपालखोज २०८२ वैशाख २४ गते १९:४२

काठमाडाैं । पाकिस्तानमा भारतको हवाई आक्रमणलाई लिएर अमेरिका, चीन, रुस र कतारलगायत धेरै देशहरूले दुवै पक्षलाई संयम अपनाउन अपील गरेका छन् ।

मंगलबार मध्यरातपछि भारतले पाकिस्तान भित्र हवाई आक्रमण गरेको छ र पाकिस्तानले यस आक्रमणमा २६ जनाको मृत्यु भएको र ४६ जना घाइते भएको बताएको छ ।

संयुक्त राष्ट्रसंघ र धेरै देशहरूले दुवै पक्षलाई अधिकतम संयम अपनाउन अपील गरेका छन् भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तनाव चाँडै अन्त्य हुने आशा व्यक्त गरेका छन् ।

वाशिंगटनस्थित भारतीय दूतावासले एक्समा जानकारी गराएको छ कि भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले हवाई आक्रमण लगत्तै अमेरिकी विदेशमन्त्री मार्को रुबियोसँग कुरा गरेका थिए ।

तनावका बीचमा, इरानका विदेशमन्त्री सैयद अब्बास अरघची बुधबार नै दिल्ली आइपुग्दैछन् । इरानले पहिले नै दुई देशहरू बीच मध्यस्थता गर्ने प्रस्ताव गरिसकेको छ । बीबीसी

प्रतिक्रिया