दुईवटा समितिको बैठक आज बस्दै
नेपालखोज
२०८२ वैशाख २५ गते ८:३४

काठमाडौं । संघीय संसद अन्तर्गत दुईवटा समितिको बैठक आज बस्दैछ । बिहीबार राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो ।
विधायन व्यवस्थापन समितिको ६७ औँ बैठक सिंहदरवारमा दिनको १ बजे बस्ने छ । भने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ बजे बस्दै छ ।
बैठकमा राष्ट्रिय गौरवका आयोजनाहरु (गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला, उत्तर दक्षिण (कोशी कोरिडोर) लोकमार्ग, रेल्वे तथा मेट्रो विकास आयोजना, राष्ट्रपति चुरे संरक्षण कार्यक्रम) को स्थलगत अनुगमन प्रतिवेदनको मस्यौदा माथि छलफल गरिने कार्यसूची रहेको छ ।
सम्बन्धित
प्रतिक्रिया