बिहीबार, वैशाख २५, २०८२

तोलामा छ सयले बढ्यो सुनको मूल्य

नेपालखोज २०८२ वैशाख २५ गते ११:००

काठमाडौं । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । आज तोलामा ६०० ले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य एक लाख ९२ हजार २०० कायम भएको छ । त्यसैगरी, एक तोला चाँदी एक हजार ९५५ मा बेचबिखन भइरहेको छ । बुधबार प्रतितोला सुन एक लाख ९१ हजार ६०० र त्यति नै परिमाणको चाँदी एक हजार ९६५ मा खरिदबिक्री भएको थियो ।

अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ३९५ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

प्रतिक्रिया