बिहीबार, वैशाख २५, २०८२

निक्षेप लगानीको लागि राष्ट्र बैकको प्रस्ताव, बैकमा २० करोड संस्थागत निक्षेप राखिने

नेपालखोज २०८२ वैशाख २५ गते १२:५४

काठमाडौं । नेपाल राष्ट्र बैंकले २० करोड रुपैयाँ संस्थागत निक्षेप लगानी गर्नै भएको छ ।

राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक र फाईनान्स कम्पनीहरुको मुद्धती निक्षेपमा उक्त परिमाणको रकम लगानी गर्न लागेको हो । बैंकको कर्मचारी सुरक्षण कोषमा रहेको रकम तीन सय ६६ दिने मुद्धती निक्षेपकोरुपमा लगानी गर्न प्रस्ताव आव्हान गरिएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार रकम लगानीको अवधि बिसं २०८२ जेठ पाँच गतेदेबि बिसं २०८३ जेठ पाँच गतेसम्म रहेको छ । रकम लगानी गर्न चाहाने बैक तथा फाइनान्स कम्पनीहरुले यही बैशाख २८ गतेसम्म लगानी गर्न चाहेको रकम र दिन चाहेको व्याज समेत तोकेर प्रस्ताव पेस गर्नुपर्ने छ । लगानीको लागि छुट्याईएको कुल रकम मध्ये वाणिज्य बैंकको लागि १६ करोड, बिकास बैंकहरुको लागि तीन करोड र फाईनान्स कम्पनीहरुको लागि एक करोड रुपैंयाँ छुट्याईएको छ ।

रकम लगानी गर्न चाहाने बैंक तथा बित्तीय संस्था सञ्चालनमा आएको दुई बर्ष पुरा गरेको हुनुपर्ने, निष्क्रिय कर्जा कुल कर्जा सापटको आठ प्रतिशत र खुद निष्क्रिय कर्जा अनुपात तीन प्रतिशत ननाघेको हुनुपर्ने न्युनतम शर्तहरु तोकिएका छन् ।

प्रतिक्रिया