बिहीबार, वैशाख २५, २०८२

१२ अंकले घट्दा ११ अर्ब ६५ करोडको शेयर किनबेच

नेपालखोज २०८२ वैशाख २५ गते १५:३६

काठमाडौं । नेप्सेको उच्चबृद्धिमा ब्रेक लागेको छ । अघिल्लो दिन ६२ अंकले बढेको नेप्से साताको अन्तिम कारोबार दिन आज बिहीबार भने १२ दशमलव ६० अंकले घटेर २ हजार ६६१ दशमलव शुन्य आठ अंकमा झरेको छ ।

यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि २ दशमलव ६० अंकले घटेर ४४८ दशमलव ६३ अंकमा झरेको छ । नेप्सेमा आज ३१५ वटा कम्पनीको एक लाख तीन हजार ३१९ पटकको कारोबारमा तीन करोड सात लाख ९९ हजार ९१ कित्ता शेयर खरिद-बिक्री भएकोमा कुल कारोबार रकम ११ अर्ब ६५ करोड १७ हजार ८५१ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समूहको शेयर कारोबार भएकोमा छ वटा समूहहरुको सूचक बढेर बाँकी समूहहरुको सूचक घटेका छन् । जसमध्ये वाणिज्य बैक समूहको सूचक १० दशमलव ४९ अंकले घटेर १ हजार ३२४ दशमलव ९ अंकमा झरेको छ । विकास बैंक समूहको सूचक ६० दशमलव १२ अंकले घटेर पाँच हजार २८६ दशमलव ७५ अंकमा झरेको छ ।

जलबिद्युत समूहको सूचक ० दशमलव ११ अंकले घटेर तीन हजार ६३६ दशमलव ६३ अंकमा झरेकोमा निर्जीवन बिमा समूहको सूचक ३० दशमलव ८५ अंकले घटेर १२ हजार ६३६ दशमलव ९९ अंकमा झरेको छ ।

यि बाहेक लगानी, अन्य र व्यापार समूहको सूचक पनि क्रमशः शुन्य दशमलव ३८, ४३ दशमलव ७५ र ८४ दशमलव ७९ अंकले घटेका छन् । फाइनान्स समूहको सूचक भने १०१ दशमलव ६४ अंकले बढेर २ हजार ५४१ दशमलव ४८ अंकमा चढेको छ ।जीवन बीमा समूहको सूचक ५ अंकले बढेर १३ हजार ३१३ दशमलव ७३ अंकमा चढेको छ ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा नेपाल माईक्रो लाईफ इन्स्योरेन्स कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा नारायणी डेभलपमेन्ट बैंक परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने ङादी ग्रुप पावर लिमिटेड परेको छ ।

प्रतिक्रिया