सिटिजन्स बैंक र म्यानेजमेन्ट एशोसिएशन अफ नेपालबीच सम्झौता

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र म्यानेजमेन्ट एशोसिएशन अफ नेपाल (म्यान) बिच सम्झौंता भएको छ । नेपालमा व्यवस्थापन संकाय अन्तर्गत एम.बि.ए. मा उत्कृष्टता हासिल गर्ने विद्यार्थीलाई सम्मान गर्ने र प्रोत्साहन दिने उद्देश्यले म्यान सिटिजन्स एसपायरिङ म्यानेजर अवार्डको स्थापना गर्ने बिषयमा उक्त सम्झौंता भएको हो ।
म्यानको कार्यालयमा बिहिबार आयोजित एक कार्यक्रमका बीच सहमति पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल र म्यानका अध्यक्ष मोहन राज ओझाले हस्ताक्षर गरेका छन । यो पुरस्कार पुर्वाञ्चल विश्वविद्यालय अन्तर्गत एम.बि.ए. मा उत्कृष्टता प्रदर्शन गरेका प्रतिभाशाली विद्यार्थीलाई हरेक वर्ष प्रदान गरिने छ । पुरस्कारको रकम ५१ हजार रुपैंयाँ हुनेछ ।
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड यस पुरस्कारको प्रायोजक हुनेछ र वार्षिक रूपमा पुरस्कारको लागि आवश्यक रकम उपलब्ध गराउने छ । सिटिजन्स बैंक, पूर्वाञ्चल विश्वविद्यालय र म्यानेजमेन्ट एशोसिएशन अफ नेपालका पदाधिकारीको समिति गठन गरि उत्कृष्ट विद्यार्थीको चयन गरिनेछ र पुरस्कार हरेक वर्ष माघ महिनामा म्यानको म्यानेजमेन्ट कन्भेन्सनको अवसरमा प्रदान गरिने छ । बैंकको यो कार्यले नेपालको म्यानेजमेन्ट शिक्षा क्षेत्रमा योगदान पुर्याउने विश्वास बैंकले लिएको छ ।
विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द ईयर २०२४ू को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समय अघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड (भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याएको छ साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एप मार्फत नै शेयर आवेदन र सिआरएन नम्बर सेवा लिन सकिने सुबिधा पनि ल्याएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६८ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट १८ लाख ८६ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया