जम्मु विमानस्थलमा विस्फोट भएकाे आशंका
नेपालखोज
२०८२ वैशाख २५ गते २१:४५

काठमाडाैं । जम्मू विमानस्थलमा विस्फोट भएको छ । जम्मू शहरको गुज्जर नगर पुलमा उपस्थित एक प्रत्यक्षदर्शीले बीबीसीलाई बताए अनुसार जम्मू विमानस्थल नजिकै १६ वटा वस्तुहरू खसे हाे ।
एक सुरक्षा स्रोतले एएफपी समाचार एजेन्सीलाई बताएअनुसार विमानस्थलमा विस्फोट भएको थियो । प्रत्यक्षदर्शीहरूले बीबीसीलाई बताएअनुसार बजारहरू बन्द थिए र उनीहरूले मानिसहरू दौडिरहेको, साइरन बजिरहेको र शहरभरि बिजुली काटिएको देखे ।
बीबीसी संवाददाता दिव्या आर्यका अनुसार जम्मूका धेरै ठाउँमा मानिसहरूले विस्फोटको आवाज सुनेका छन् र सम्पूर्ण शहरमा बिजुली आपूर्ति बन्द छ । बीबीसी
सम्बन्धित
प्रतिक्रिया