प्रतिनिधि सभा बैठक बस्दै, नीति तथा कार्यक्रममाथि छलफल जारी रहने
नेपालखोज
२०८२ वैशाख २६ गते ८:५७

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ः बजे सङ्घीय संसद् भवन, नयाँ बानेश्वरमा बस्ने छ ।आज पनि सरकार ल्याएको आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रममाथि छलफल हुने छ ।
गत बैशाख २२ गते देखी निरन्तर सरकारको नीति तथा कार्यक्रममाथि छलफल चलिरहेको छ । गत बैशाख १९ गते राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकबाट नीति तथा कार्यक्रम सार्वजनिक गरेको पर्सि पल्टदेखि निरन्तर छलफल चलिरहेको हो ।
सम्बन्धित
प्रतिक्रिया