सवारी दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं । डडेलधुराको आलिताल गाउँपालिका–८ सुनखोलास्थित सडकमा भि.न.पा. ००१ ह ०१२६ नम्बरको अटोको ठक्करबाट पैदलयात्री सोही गाउँपालिका–४ कैनघाडी बस्ने बिक्रम विकको छोरा ४ वर्षीय बिबेक विकको बिहीबार साँझ मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको जोगबुढा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अटोमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । हाल फरार अटो चालकको प्रहरीले खोजी गरिरहेको छ ।
पाल्पाको तिनाउ गाउँपालिका–३ सिद्दबाबा ड्यामसाईड नजिकै सडकमा लु.१ क २५१७ नम्बरको टिपर अनियन्त्रित भई बिहीबार साँझ दुर्घटना हुँदा चालक रूपन्देही सियारी गाउँपालिका-२ घर भएका २६ वर्षीय प्रभाकर यादवको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया