शनिबार, वैशाख २७, २०८२

गाजामा मानवीय सहायता : इजरायलले वितरणमा भाग नलिने, सुरक्षा मात्र दिने

नेपालखोज २०८२ वैशाख २६ गते २१:४२

जेरुसेलम । अमेरिकी नेतृत्वमा प्रस्तावित गाजाका लागि मानवीय सहायता योजनाअन्तर्गत इजरायल खाद्यान्न वितरणमा प्रत्यक्ष संलग्न नहुने तर आवश्यक सैन्य सुरक्षा प्रदान गर्ने अमेरिकी राजदूत माइक हक्काबीले जानकारी दिएका छन् । शुक्रबार जेरुसेलममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै राजदूत हक्काबीले भने, गाजा हाल युद्धको अवस्थामा रहेको छ, त्यसैले इजरायली पक्षले सुरक्षाको जिम्मा लिनेछ ।

तर खाद्यान्नको ढुवानी वा वितरणमा उनीहरू प्रत्यक्ष सहभागी हुने छैनन् । उनको भनाइअनुसार, गाजामा हाल देखिएको खाद्यान्न, पानी, इन्धन तथा औषधिको गम्भीर अभाव समाधान गर्न अमेरिकाले नयाँ गैरसरकारी संस्था मार्फत सहायता वितरण प्रक्रिया अघि बढाउने तयारी गरेको छ ।

यो नयाँ योजना हाल कार्यरत संयुक्त राष्ट्रसङ्घ र अन्य सहायता संस्थाहरुलाई सिधै समावेश नगरेको भन्दै केही अन्तर्राष्ट्रिय आलोचना पनि आएको छ । तर राजदूत हक्काबीले भने, हामी संयुक्त राष्ट्र, सबै गैरसरकारी संस्था तथा सम्बन्धित सरकारहरुलाई यस प्रक्रियामा सहभागी हुन हार्दिक आह्वान गर्दछौं । हामी सबैको सहकार्यमा अघि बढ्न चाहन्छौं । योजनाको कार्यान्वयन कहिलेबाट सुरु हुनेछ भन्नेबारे उाले स्पष्ट समयसीमा भने दिएका छैन ।

यद्यपि, उाले विभिन्न साझेदार संस्थाहरूले सहकार्यका लागि सकारात्मक सङ्केत दिइसकेको जानकारी दिनुभयो । राजदूत हक्काबीका अनुसार, सहायता वितरणस्थलहरूको सुरक्षामा निजी सुरक्षा कम्पनीहरूले भूमिका निर्वाह गर्नेछन् भने इजरायली सुरक्षाकर्मीहरू टाढाबाट सुरक्षा दिने जिम्मेवारीमा रहनेछन् । युद्धका कारण उत्पन्न मानवीय सङ्कटका बारेमा टिप्पणी गर्दै उनले भने, यहाँ मानवीय अवस्था गम्भीर छ भन्ने हामीलाई स्पष्ट थाहा छ, त्यसैले हामीले सहायता कार्यक्रमलाई यथासक्य छिटो अगाडि बढाउन आवश्यक देखिएको हो ।

प्रतिक्रिया