‘शान्तिको लागि सक्रिय भूमिकाको लागि पाकिस्तान अमेरिकाको कदर गर्दछ’
नेपालखोज
२०८२ वैशाख २७ गते २१:५२

काठमाडाैं । भारत र पाकिस्तानबीचको युद्धविरामबारे पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले आफ्नो पहिलो प्रतिक्रिया दिएका छन् ।
शेहबाज शरीफले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई शान्तिको लागि उनको नेतृत्व र सक्रिय भूमिकाको लागि धन्यवाद दिनुपर्ने बताए ।
उनले भनेका छन्, ‘क्षेत्रीय शान्ति र स्थायित्वको हितमा हामीले स्वीकार गरेको यो नतिजामा पुग्न सहयोग गरेकोमा पाकिस्तान अमेरिकाको कदर गर्दछ । हामी दक्षिण एसियामा शान्तिको लागि अमेरिकी उपराष्ट्रपति जेडी भान्स र विदेशमन्त्री मार्को रुबियोलाई पनि उनीहरूको योगदानको लागि धन्यवाद दिन्छौं ।’
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा भारत र पाकिस्तानबीच तत्काल र पूर्ण युद्धविराममा सहमति भएको पोस्ट गरेका थिए ।
सम्बन्धित
प्रतिक्रिया