सोमबार, वैशाख २९, २०८२

कांग्रेसद्वारा गभर्नरमा विश्व पौडेलको नाम प्रस्ताव

नेपालखोज २०८२ वैशाख २८ गते १०:३५

काठमाडाैं । नेपाली काङ्ग्रेस सभापति शेरबहादुर देउवाले अर्थविद् डाक्टर विश्व पौडेललाई नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर बनाउन प्रस्ताव गरेका छन् ।

शनिबार बेलुका बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा डा.गुणाकर भट्टलाई राष्ट्र बैंकको गभर्नर बनाउन नसकिने भए पौडेललाई बनाउन प्रस्ताव गरेका हुन् । काङ्ग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले पनि त्यसको पुष्टि गरेका छन् ।

प्रतिक्रिया