प्रिन्टिङ मेसिनमा समस्या आएपछि रोकियो लाइसेन्स छपाइ
नेपालखोज
२०८२ वैशाख २८ गते १५:२२

काठमाडौं । अत्यावश्यक सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ यातायात व्यवस्था विभागले बन्द गरेको छ ।
आइतबार सार्वजनिक सूचना जारी गर्दै विभागले प्रिन्टिङ मेसिनमा समस्या आएका कारण अत्यावश्यकका साथै आम सर्वसाधारणको लाइसेन्सको छपाइ बन्द भएको जानकारी दिएका छन् ।
अध्ययन तथा रोजगारीमा विदेश जाने नेपाली, शान्ति सेना, नेपाल प्रहरी र गैरआवासीय नेपालीका लागि हुँदै आएको लाइसेन्स छपाइ बिहीबारदेखि बन्द भएको जनाइएको छ ।
सम्बन्धित
प्रतिक्रिया