तीनकुने घटनामा संलग्न रहेको अभियोगमा शिव सेना नेपालका अध्यक्ष बस्नेत पक्राउ
नेपालखोज
२०८२ वैशाख २८ गते २०:०८

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले गत चैत १५ गतेको तीनकुने घटनामा संलग्न रहेको अभियोगमा शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतलाई पक्राउ गरेको छ ।
अध्यक्ष बस्नेतलाई काठमाडौँको सुकेधाराबाट आज पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए । उनले भने, ‘आवश्यक अनुसन्धान थालेका छौँ ।’ -रासस
सम्बन्धित
प्रतिक्रिया