‘अपरेशन सिन्दूर’मा १०० भन्दा बढी आतंककारी मारिएको भारतीय सेनाकाे दाबी
नेपालखोज
२०८२ वैशाख २८ गते २१:२०

काठमाडाैं । भारतीय सेनाले पत्रकार सम्मेलन गर्दै ‘अपरेशन सिन्दूर’ मा १०० भन्दा बढी आतंककारी मारिएको बताएकाे छ । भारत र पाकिस्तानबीच युद्धविराम सम्झौता भएपछि भारतीय सेनाले आइतबार साँझ पहिलो पटक पत्रकार सम्मेलन गर्दै १०० भन्दा बढी आतंककारी मारिएको दाबी गरेकाे हाे ।
पत्रकार सम्मेलनमा डीजीएमओ लेफ्टिनेन्ट जनरल राजीव घईले भने, ‘अपरेसन सिन्दूरमा १०० भन्दा बढी आतंकवादी मारिएका छन् ।’
पत्रकार सम्मेलनमा सेनाका तर्फबाट लेफ्टिनेन्ट जनरल राजीव घई, वायुसेनाका तर्फबाट एयर मार्शल एके भारती र नौसेनाका तर्फबाट भाइस एडमिरल एएन प्रमोद र मेजर जनरल एसएस शारदा उपस्थित थिए र अपरेशन सिन्दूरको बारेमा विस्तृत जानकारी दिएका थिए ।
सम्बन्धित
प्रतिक्रिया