समाजवादी गणतन्त्र निर्माणमा साथ दिन अध्यक्ष प्रचण्डको आग्रह

काँक्रेविहार (सुर्खेत) । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी गणतन्त्र निर्माणमा साथ दिन सबैलाई आग्रह गरेका छन् ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर, सुर्खेतमा आजदेखि सुरु भएको पार्टीको भातृ सङ्गठन वाइसीएल (योङ कम्युनिस्ट लिग) कर्णाली प्रदेश समितिको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै उनले माओवादी केन्द्र समाजवादी अभियानमा रहेको बताउनुभयो । सो अभियानलाई अझ तीव्र बनाउने घोषणा उनले गरे ।
अहिलेको सरकारले नीति तथा कार्यक्रममा कर्णाली प्रदेशमाथि देखाएको व्यवहारप्रति अध्यक्ष दाहालले असन्तुष्टि जनाउनु भएको छ ।
उनले भने, ‘हामी सरकारको नेतृत्वमा रहँदा अन्तरराष्ट्रिय क्षेत्रमा नेपाल र नेपाली जनताको इज्जत र प्रतिष्ठा बढाउने काम ग¥यौँ ।’ पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष प्रचण्डले वर्तमान सरकारले ‘कर्णाली समृद्धि कार्यक्रम’ हटाएर यस प्रदेशका जनतामाथि विभेद, अपमान र अन्याय गर्न खोजेको आरोप लगाए ।
कर्णाली क्षेत्र नेपाली क्रान्तिको ऐतिहासिक केन्द्र भएकाले उहाँले प्रदेशको समृद्धिका लागि माओवादी नेतृत्वले सधैँ प्राथमिकता दिएको उल्लेख गरे । पार्टीले जनता र आफ्नो वर्गसँग सम्बन्ध सुधारका लागि केन्द्रीय समितिबाट निर्णय गरेर जनतासँग माओवादी अभियान अघि सारेको उल्लेख गरे । सोही अभियानअन्तर्गत तराई–मधेस अभियान सम्पन्न गरी ‘मध्यपहाडी लोकमार्ग अभियान’ सुरु गरिएको जानकारी दिए ।
अध्यक्ष प्रचण्डले माओवादी केन्द्र संविधान संशोधनको पक्षमा रहेको उल्लेख गर्दै दलित, महिला, मधेसी, थारू, मुस्लिम र आदिवासी जनजातिलाई समेट्दै समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न संविधान संशोधन आवश्यक रहेको बताए । -रासस
प्रतिक्रिया