मंगलबार, वैशाख ३०, २०८२

गन्यापधुरामा एक करोडको लगानीमा खेलमैदान बन्दै

नेपालखोज २०८२ वैशाख ३० गते १०:१८

अमरगढी (डडेल्धुरा) । गन्यापधुरा गाउँपालिकाले करिव एक करोडको लगानीमा पालिकास्तरीय खेलमैदान निर्माण गरिरहेको छ । गन्यापधुरा –२ स्थित टाउरडाँडामा खेलमैदान निर्माण भइरहेको अध्यक्ष इन्द्रबहादुर कार्कीले जानकारी दिए ।

खेलमैदानको अभावमा विभिन्न खेलकुद गतिविधि प्रभावित हुँदै आएको जनाइएको छ । स्थानीय युवाहरूलाई खेलकुदतर्फ आकर्षित गर्ने उद्देश्यले खेलमैदानले सहयोग गर्ने उनले बताए । अध्यक्ष कार्कीले भने, जिल्लामा एउटा पनि खेलमैदान नभएको अवस्थामा यो मैदानलाई जिल्लाकै नमूना बनाउने उद्देश्य रहेको छ र क्रिकेट खेल्न योग्य मैदान बन्ने छ ।

प्रतिक्रिया