‘मेलम्ची र हेलम्बु क्षेत्रमा बाढीले पुर्याएको क्षतिको पुन निर्माणमा सरकारले ध्यान दिनेछ’

काठमाडाैं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रमा बाढीले पुर्याएको क्षतिको पुन निर्माणमा सरकारले ध्यान दिने बताएका छन् ।
सोमबार मेलम्ची र हेलम्बु क्षेत्रको स्थलगत अनुगमन गर्दै मन्त्री खड्काले बाढी प्रभावित क्षेत्रको पुन निर्माणमा सरकारले काम गर्ने बताएका हुन् । उनले मेलम्ची र हेलम्बु क्षेत्रमा सिँचाइ व्यवस्थापनका लागि विशेष योजना अघि बढाउने प्रतिवद्धता जनाए ।
उर्जामन्त्री खड्काले पहाडी क्षेत्रका उर्वर भूमिको सदुपयोग गर्न सिँचाइ व्यवस्थापनलाई सरकारले प्राथमिकतामा राखेको बताए । पहाडी क्षेत्रमा कृषिको उत्पादनलाई बढावा दिन सिँचाइ व्यवस्थापन एकदमै महत्वपूर्ण भएको उनको भनाई थियो ।
त्यस्तै सो क्षेत्रका सांसद मोहन बस्नेतले बाढी प्रभावित क्षेत्रमा अस्थायी पुल बनाएपनि प्रभावकारी बनाएकाले स्थायी संरचना बनाउनुपर्नेमा जोड दिएका थिए ।
प्रतिक्रिया