मंगलबार, वैशाख ३०, २०८२

पन्जाबमा विषाक्त मदिरा पिउँदा १४ जनाको मृत्यु, ६ जना बिरामी

नेपालखोज २०८२ वैशाख ३० गते ११:०५

काठमाडाैं । पन्जाबकाे अमृतसर जिल्लामा विषाक्त मदिरा पिउँदा १४ जनाको मृत्यु भएको छ । बिरामी ६ जनालाई अस्पतालमा भर्ना गरिएको समाचार एजेन्सी एएनआईले जनाएको छ ।

घटना अमृतसरको मजिठामा भएको पन्जाबका प्रहरी अधिकारीहरूले बताएका छन् । मुख्य आपूर्तिकर्ता परबजित सिंहसहित ४ जनालाई पक्राउ गरिएकाे अमृतसरका एसएसपी मनिन्दर सिंहले पत्रकारसँग भनेका छन् ।

एसएसपीका अनुसार पन्जाब सरकारले नक्कली मदिरा आपूर्तिकर्ताविरुद्ध कडा कारबाही गर्न निर्देशन जारी गरेको छ ।

अमृतसरका उपायुक्त साक्षी एसले यी पाँच गाउँमा चिकित्सा टोली घर-घरमा खटाइएको बताइन् ।

प्रतिक्रिया