मंगलबार, वैशाख ३०, २०८२

सानिमा रिलायन्सद्वारा बाजुराका विद्यार्थीलाई शैक्षिक सामग्री राख्ने झोला बितरण

नेपालखोज २०८२ वैशाख ३० गते ११:०९

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले यही बैशाख २४ गते बाजुरा जिल्लाको बजेडी आधारभुत विद्यालयमा अध्यनरत विद्यार्थीका लागि शैक्षिक सामग्री राख्ने झोला वितरण गरेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीको तर्फबाट क्षेत्रीय प्रबन्धक गणेश उप्रेतीको उपस्थितिमा १४७ थान शैक्षिक सामग्री राख्ने झोला विद्यालयका विद्यार्थीलाई हस्तान्तरण गरे । हाल यस विद्यालयमा इ. सि. डी देखि कक्षा ८ सम्मका १४७ विद्यार्थी अध्ययन गरिरहेका छन् । कम्पनीले मुलुकको अति पिछडीएको जिल्लामा न्यून आय भएका जेहेन्दार विद्यार्थीहरूको दुखमा मलम लगाउने कार्य गरेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले आगामी दिनमा पनि विभिन्न गतिविधिमार्फत सक्रिय भूमिका निभाउँदै समाजप्रतिको उत्तरदायित्वलाई आत्मसात गर्न, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता र विपद् व्यवस्थापन जस्ता क्षेत्रमा योगदान पुर्याउने योजना रहेको बताएको छ ।

यस्ता प्रयासमार्फत संस्थाले नाफामुखी व्यापारसँगै सामाजिक हितलाई पनि अगाडि बढाउने विश्वास लिएको छ । भविष्यमा सामाजिक उत्तरदायित्वका कार्यक्रम अझ प्रभावकारी र समुदायमैत्री बनाउने योजना कम्पनीले बनाएको छ ।

देशभर १६९ वटा शाखा सञ्जाल रहेको कम्पनिको पूँजी पाँच अर्बभन्दा बढी, २० अर्बभन्दा बढीको लगानी रहेको छ भने २० हजार भन्दा बढी अभिकर्ता कम्पनमा कार्यरत छन् ।

प्रतिक्रिया