मंगलबार, वैशाख ३०, २०८२

खुल्यो सोमबार रातिदेखि अवरुद्ध बीपी सञ्चालनमा

नेपालखोज २०८२ वैशाख ३० गते १३:३९

काठमाडाैं । अविरल वर्षाका कारण सोमबार रातिदेखि अवरुद्ध भएको बीपी राजमार्ग पूर्ण रुपमा सञ्चालनमा आएको छ ।

आज दिउँसो १ बजेबाट अवरुद्ध हटाएर सडक दुईतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोक डीएसपी मीनबहादुर घलेले जानकारी दिए ।

सोमबार बेलुका पौने ९ बजे जिल्लाको रोशी गाउँपालिको माम्तीमा रोशी खोलाको बाढीले डाइभर्सन बगाउँदा राजमार्ग अवरुद्ध भएको थियो । बगाएको डाइभर्सन पुरिएको र खोला डाइभर्ट गरिएको उनले बताए ।

गत वर्ष असोजको बाढीले राजमार्ग बगाउँदा उक्त स्थानमा अस्थायी रूपमा डाइभर्सन निर्माण गरिएको थियो ।

प्रतिक्रिया