नागरिकका विकासका आकाङ्क्षा पूरा हुनेगरी बजेट ल्याउनुपर्ने

काठमाडौं । उच्च आर्थिक वृद्धिदर र नागरिकका विकास आकाङ्क्षा सम्बोधन हुनेगरी आगामी आर्थिक वर्षको बजेट ल्याइनुपर्नेमा सांसदहरुले जोड दिएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उनीहरूले मौलिक हकको कार्यान्वयन, पूर्वाधार विकास, उत्पादकत्व वृद्धि तथा रोजगारी सृजनालाई केन्द्रमा राखेर बजेट ल्याइनुपर्ने बताएका हुन् ।
बैठकमा नेपाली कांग्रेसका सांसद दीपक गिरीले दाङको टरिगाउँ विमानस्थल निर्माणका लागि रू तीन अर्ब ४२ करोड रूपैयाँ लागत अनुमान गरिएकाले त्यति रकम विनियोजन गर्न सरकारसँग आग्रह गरे ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद जुली कुमारी महतो (महासेठ)ले आगामी आर्थिक वर्षको बजेटमा जनताका विकासका चाहना सम्बोधन हुनुपर्नेमा जोड दिए । उनले रासायनिक मल कारखाना स्थापना, रुग्ण र बन्द कारखाना पुनःसञ्चालन र नयाँ कारखाना स्थापनाका लागि आवश्यक बजेट व्यवस्था गर्नुपर्छ भन] ।
नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० का सांसद रणेन्द्र बरालीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा दलित समुदायको उत्थानका निम्ति ठोस कार्यक्रम नल्याइएकामा रोष प्रकट गर्नुभयो । नेपाल राष्ट्र बैङ्कको गभर्नर नियुक्तिमा भइरहेको ढिलाइले देशको अर्थव्यवस्थाप्रति राज्य गम्भीर नभएको अनुभूत हुन्छ भन्नुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारले संविधानले प्रत्याभूत गरेका नागरिकका अधिकार सुनिश्चित हुनेगरी आगामी आर्थिक वर्षको बजेट ल्याइनुपर्ने बताउनुभयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद अनिसा नेपालीले राज्यको स्रोत साधनमाथि सबै नागरिकको समान पहुँचको प्रत्याभूतिको माग गर्नुभयो ।
प्रतिक्रिया