कहिपनि नअल्मिलिएर दृढताका साथ अघि बढ्न सरकारलाई सुझाव दिए : सांसद गिरी
नेपालखोज
२०८२ वैशाख ३० गते १५:०६

काठमाडाैं । नेपाली कांग्रेसका सांसद दीपक गिरीले कहिपनि नअल्मिलिएर दृढताका साथ अघि बढ्न सरकारलाई सुझाव दिएका छन् ।
मंगलबार प्रतिनिधसभा बैठकमा सांसद गिरिले अहिले बिभिन्न विषयमा अलमल जस्तो देखिएको भन्दै नीति तथा कार्यक्रम प्रबल बहुमतले पास भएको बेला नअल्मिलिएर दृढताको साथ अघि बढ्न सरकारलाई सुझाव दिए । उनले सरकार गभर्नर नियुक्तिको ‘म्युजिकल चियर’ मा मस्त रहेको टिप्पणी गरे ।
उनले निजामति विधेयकका सन्दर्भमा कुलिङ प्रियड २ वर्ष कि ३ वर्ष भन्ने कुरामा अन्यौल रहेको र प्रदेश सरकारले अधिकारको माग गरिरहेको, सरकारसंग सहमति गरेका शिक्षकहरु समेत अलमलमा रहेको धारणा राखे ।
सांसद गिरीले दाङको टरिगाँउ एयरपोर्ट निर्माणमा ध्यान दिन सरकारसंग आग्रह पनि गरे ।
सम्बन्धित
प्रतिक्रिया