डब्लुएचओले दियाे नाकाकन्दीका कारण गाजामा अनिकाल र जोखिमको चेतावनी

जेनेभा । लामो समयसम्म जारी नाकाबन्दीले मानवीय सहायता प्रवाह नहुँदा गाजामा अनिकाल र जोखिमको खतरा बढिरहेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले चेतावनी दिएको छ । गाजाको सम्पूर्ण २१ लाख जनसङ्ख्याले लामो समयसम्म खाद्यान्नको अभावको सामना गरिरहेको र करिब पाँच लाख मानिस भोक, तीव्र कुपोषण, भोकमरी, रोग र मृत्युको विनाशकारी अवस्थामा छन् ।
डब्लुएचओले एक विज्ञप्ति जारी गर्दै यो विश्वको सबैभन्दा खराब भोक सङ्कटहरू मध्ये एक हो, जुन वास्तविक समयमा प्रकट हुन्छ भनेको छ । डब्लुएचओ सदस्य रहेको एकीकृत खाद्य सुरक्षा चरण वर्गीकरण (आइपिसी) साझेदारीले आज खाद्य सुरक्षा विश्लेषण जारी गरेको छ ।
हामीले गाजामा अनिकालको घोषणाका लागि पर्खनु पर्दैन, खाना र औषधिहरू सीमापार केही मिनेट टाढा हुँदा पनि मानिसहरू भोकमरी, बिरामी र मर्दै छन्, डब्ल्लुएचओका महानिर्देशक टेड्रोस अधोनम गेब्रेयससले भने, आजको रिपोर्टले खाना र आवश्यक आपूर्तिको तत्काल पहुँचबिना, स्थिति बिग्रँदै जानेछ, अधिक मृत्यु र अनिकालमा झर्नेछ भन्ने देखाउँछ । अनिकाल अझै घोषणा गरिएको छैन, तर मानिसहरू अहिले भोकमरीमा छन् ।
गाजाको तीन चौथाइ जनसङ्ख्या ‘आपत्कालीन–विनाशकारी’ अभावमा छन् । यो आइपिसीको खाद्य असुरक्षा र पोषणको अभावको पाँच–स्तरको मापनको सबैभन्दा खराब दुई स्तर हो । यदि स्थिति जारी रह्यो भने पाँच वर्षमुनिका करिब ७१ हजार बालबालिका आगामी ११ महिनामा तीव्र कुपोषण हुने अपेक्षा गरिएको आइपिसीको रिपोर्टमा उल्लेख छ ।
प्रतिक्रिया