मंगलबार, वैशाख ३०, २०८२

गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सद्धारा सामुहिक भोजन वितरण कार्यक्रम सम्पन्न

नेपालखोज २०८२ वैशाख ३० गते १९:१५

काठमाडौं । गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लि.ले २५६९ औं बुद्घ जयन्तीको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौं महानगरपालिका १५ स्थीत स्वयम्भूनाथ स्तुपा परिसरमा श्रद्घालुहरुलाई सामुहिक भोजन वितरण कार्यक्रम सम्पन्न गरेको छ । नकर्मी समाजको सहकार्यमा फाइनान्सले सो कार्यक्रम गरेको थियो ।

कार्यक्रममा नकर्मी समाजका अध्यक्ष जितेन्द्र नकर्मी, गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लि.का अनुपालन अधिकृत सन्तोष कुमार चौरसिया लगायत अभिषेक श्रेष्ठ, रजनी महर्जन र सबिना श्रेष्ठ लगायत संस्थाका अन्य कर्मचारीहरु तथा नकर्मी समाजका सदस्यहरुको उपस्थिति रहेको थियो ।

संस्थाले विगत देखिनै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता सामाजिक कार्य गर्दै आईरहेकोे छ । आगामी दिनहरुमा पनि यस्ता कार्यलाई निरन्तरता दिइने फाइनान्सका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले बताए ।

यस बितिय संस्थाले हाल देशभर २३ वटा शाखा कार्यालय र ४ वटा विस्तारित काउण्टरहरुबाट बितिय सेवा तथा एटिएम सेवा, सेफ डिपोजिट, लकर सेवा, डिम्याट खाता, मोबाइल बैकिङ्ग सेवाहरु जस्ता आधुनिक बैकिङ्ग सेवा सुबिधाहरु प्रदान गर्दै आईरहेको मुख्य प्रबन्धक शिल्पा प्रधानाङ्गले बताइन् ।

प्रतिक्रिया