बुधबार, जेठ १, २०८२

अमेरिका–चीन व्यापार वार्ता विश्व अर्थतन्त्रका लागि सकारात्मक सङ्केत : राष्ट्र संघ

नेपालखोज २०८२ जेठ १ गते ९:५६

काठमाडौं । संयुक्त राष्ट्र संघले संयुक्त राज्य अमेरिका र चीन बीच हालै सम्पन्न भएको व्यापार वार्तालाई सकारात्मक रूपमा लिएको छ। विश्वव्यापी अर्थतन्त्रको लागि यो वार्ता एक महत्त्वपूर्ण र सकारात्मक सङ्केत भएको संयुक्त राष्ट्र संघले जनाएको छ।

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ता स्टेफन डुजारिकले स्विट्जरल्याण्डमा जनवादी गणतन्त्र चीन र संयुक्त राज्य अमेरिकाका प्रतिनिधिहरू बीच भएको व्यापार वार्ताको स्वागत गरेका हुन्।

प्रवक्ता डुजारिकले दुई ठूला अर्थतन्त्रहरू बीचको यो संवाद विश्व अर्थतन्त्रको स्थायित्व र विकासका लागि अत्यन्तै महत्त्वपूर्ण रहेको बताए।

प्रतिक्रिया