भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ संसदमा प्रस्तुत

काठमाडाैं । सरकारले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ संसदमा प्रस्तुत गरेको छ ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अघिकारीले उक्त विधेयक प्रस्तुत गरेका थिए । उक्त विधेयकलाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले प्रस्तुत गर्नुभएको विरोधको सूचनालाई बैठकले अस्वीकृत गरेको थियो । मन्त्री अधिकारीले २०२१ सालको भूमि ऐन अहिले व्यवहारमा लागू गर्न नसकिएकाले यसलाई संशोधन गर्नुपरेको बताएका छन् ।
विधेयकमा हदभित्रको जग्गा स्थानीय भू-उपयोग परिषद्बाट भू-उपयोग क्षेत्र बर्गिकरण हुँदा आवासीय क्षेत्र वा व्यवसायीक क्षेत्रमा वर्गीकरण भएकोमा त्यस्तो जग्गा प्रचलित कानून बमोजिम घडेरी बिकास नगरी कित्ताकाट गरि बिक्रि गर्न नपाउने व्यवस्था रहेको छ ।
तर भू-उपयोग परिषद्बाट भू-उपयोग क्षेत्र बर्गिकरण हुन अगावै अनुमति लिई जग्गा खरिद गरेको भए बिक्रि गर्न कुनै बाधा नहुने विधेयकमा उल्लेख छ । यसअघि बैशाख १५ गते बसेको मन्त्रीपरिषद् बैठकले उक्त विधेयक सदनमा प्रस्तुत गर्न स्वीकृति प्रदान गरेको थियो ।
प्रतिक्रिया