बुधबार, जेठ १, २०८२

सन्दीपले तोडे क्यानसँगको सम्झौता

नेपालखोज २०८२ जेठ १ गते १४:४६

काठमाडाैं । सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ (क्यान) सँगको सम्झौता तोडेका छन् ।

बुधबार आगामी सिरिजका लागि टोलीलाई क्यानले बिदा गरेको केही समयपछि उनले क्यानसँगको सम्झौतालाई निरन्तरता नदिने निर्णयमा पुगेको घोषणा गरेका हुन् ।

उनले आफूलाई निरन्तर सहयोग गरेको भन्दै क्यानप्रति आभार व्यक्त गरेका छन् । नेपाल क्रिकेर र आफ्नो क्रिकेट विकासमा क्यानको महत्त्वपूर्ण भूमिका रहेको पनि सन्दीपले बताए ।

प्रतिक्रिया