बुधबार, जेठ १, २०८२

अप्रिलयता सोमालियामा बाढीबाट ८४ हजारभन्दा बढी मानिस प्रभावित

नेपालखोज २०८२ जेठ १ गते १७:०३

मोगादिशु । अप्रिलको मध्यदेखि सोमालियामा आकस्मिक बाढीबाट ८४ हजारभन्दा बढी मानिस प्रभावित भएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

राष्ट्रसङ्घीय मानवीय एजेन्सी ओसिएचएको एक प्रतिवेदनअनुसार भारी मौसमी वर्षाका कारण आएको आकस्मिक बाढीले अप्रिलको मध्यदेखि विभिन्न क्षेत्रमा १७ जनाको ज्यान लिएको छ र ८४ हजारभन्दा बढी मानिस प्रभावित भएका छन् । राष्ट्रसङ्घीय प्रतिवेदनअनुसार मौसमविद्हरूले दक्षिणी र मध्य सोमालियामा आगामी दिनमा थप वर्षा हुने चेतावनी दिएका छन् ।

हर्न अफ अफ्रिका जलवायु परिवर्तनको सबैभन्दा जोखिममा रहेका क्षेत्रहरू मध्ये एक हो र चरम मौसमका घटनाहरू बढ्दो र तीव्र हुँदै गइरहेका छन् । सन् २०२३ मा सोमालिया भीषण बाढीबाट प्रभावित भएको थियो । एल निनो मौसम ढाँचासँग जोडिएको मुसलधारे वर्षाले गर्दा आएको गम्भीर बाढीपछि एक सय जनाभन्दा बढी मानिसको मृत्यु भएको थियो भने १० लाखभन्दा बढी विस्थापित भएका थिए ।

प्रतिक्रिया