बुधबार, जेठ १, २०८२

संविधान र व्यवस्थाविरोधी क्रियाकलाप सह्य नहुने : गृहमन्त्री लेखक

नेपालखोज २०८२ जेठ १ गते १७:११

काठमाडाैं । गृहमन्त्री रमेश लेखकले संविधान र व्यवस्थाविरोधी क्रियाकलाप सैह्य नहुने बताएका छन् । नेपाल प्रेस युनियन मोरङ शाखाद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाटका अवसरमा गृहमन्त्री लेखकले संविधान र व्यवस्थाको विरोध गर्ने छुट कसैलाई पनि नभएको स्पष्ट गरे ।

संविधान कार्यान्वयनका क्रममा देखिएका कमीकमजोरीको पहिचान गरी राष्ट्रिय सहमतिको आधारमा संशोधन गर्ने उद्देश्यका साथ एक कार्यदल बनाउन लागेको उल्लेख गर्दै उनले संविधान संशोधन गर्नुपर्ने आवश्यकता बोध गरी चरणबद्धरुपमा छलफल-बहस भइरहेको बताए ।

गृहमन्त्रालयअन्तर्गत विभिन्न नीतिगत तथा कानुनी सुधारका पक्षमा प्राथमिकताका साथ काम भइरहेको जानकारी दिँंदै उनले शान्तिसुरक्षा कायम गर्न महत्वपूर्ण भूमिकामा रहेको प्रहरी सङ्गठनलाई सुदृढ र बलियो बनाउने गरी यसै आर्थिक वर्षमा प्रहरी ऐन ल्याइने प्रतिबद्धता व्यक्त गरे ।

राष्ट्रिय परिचयपत्र जनताको घरघरमा पुर्याउन आवश्यक व्यवस्था गर्न लागेको जानकारी दिँदै गृहमन्त्री लेखकले बदलिदो परिवेशमा चुनौतीका रुपमा देखिएका लागुऔषध कारोवार, आत्महत्या, सडक दुर्घटना, अवैध निकासी-पैठारीलगायतका पक्षलाई सम्बोधन गरी जनताको जिउधनको सरक्षासहित मुलुकमा शान्तिसुरक्षा, अमनचयन कायम गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

प्रतिक्रिया