प्रहरी जवानलाई कुट्ने ट्राफिक इन्सपेक्टरलाई जिम्मेवारीबाट हटाइयो
नेपालखोज
२०८२ जेठ २ गते १०:५३

काठमाडौ । नागढुंगामा प्रहरी जवानलाई कुट्ने ट्राफिक इन्सपेक्टरलाई जिम्मेवारीबाट हटाइएको छ । कुटपिटमा संलग्न र कुटाइ खाने दुवै प्रहरीलाई जिम्मेवारीबाट हटाइएको हाे ।
नाकामा सुरक्षाका लागि खटिएका जवानलाई इन्सपेक्टरले थप्पड हानेको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएपछि कार्यालयले चासो देखाएको हो । तर, यो घटना कहिलेको हो, खुलेको छैन ।
भिडिओ सार्वजनिक भएपछि काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले छानविन सुरु गरिएको जनाएको छ ।
कार्यालयले घटनामा संलग्न देखिएका इन्सपेक्टर र कुटाइ खाने प्रहरी जवान दुवैलाई सोधपुछका लागि बोलाएको छ ।
सम्बन्धित
प्रतिक्रिया