मोहन बस्नेत सांसद पद निलम्बन
नेपालखोज
२०८२ जेठ २ गते १४:२३

काठमाडौं । मोहनबहादुर बस्नेत सांसद मोहनबहादुर बस्नेत सांसद पदबाट निलम्बित भएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार बस्नेतसहित १६ जना र दुई कम्पनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि सांसद पदबाट निलम्बित भएका हुन् ।
आयोगले तत्कालीन सञ्चारमन्त्री बस्नेत आरोपी सबै जनाविरुद्ध जनही तीन अर्ब २१ करोड, ८३ लाख, ७७ हजार १८२ बिगो मागदाबी गरेको छ ।
उनी २०७९ मा भएको निर्वाचनमा सिन्धुपाल्चोक-२ का प्रत्यक्ष निर्वाचित कांग्रेस सांसद हुन् ।
सम्बन्धित
प्रतिक्रिया