बिहीबार, जेठ २, २०८२

आठ अंकले घट्दा सात अर्ब आठ करोडको शेयर किनबेच

नेपालखोज २०८२ जेठ २ गते १५:४२

काठमाडौं । शेयर बजार ओरालोमा नै बितेको छ । यसअघि लगातार घटेको नेप्से परिसुचक साताको अन्तिम कारोबार दिन आज बिहिबार पनि ८ दशमलव ४१ अंकले घटेर २ हजार ६११ दशमलव ८५ अंकमा झरेको छ ।

यसैगरी ‘क’ बर्गका कम्पनीको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि १ दशमलव ४४ अंकले घटेर ४४० अंकमा झरेको छ । नेप्सेमा आज ३२० वटा कम्पनीको ७८ हजार ४९३ पटकको कारोबारमा एक करोड ७४ लाख २३ हजार ९४३ कित्ता शेयर खरिद-बिक्री भएकोमा कुल कारोबार रकम सात अर्ब आठ करोड ३३ लाख ४८ हजार २४० रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समूहको शेयर कारोबार भएकोमा तीन वटा समूहहरुको सूचक बढेर बाँकी समूहहरुको सूचक घटेका छन् । जसमध्ये होटल तथा पर्यटन समूहको सूचक ३२२ दशमलव ८३ अंकले बढेर छ हजार ८९१ दशमलव ६६ अंकमा चढेकोमा व्यापार समूहको सूचक ३० दशमलव ८४ अंकले बढेर चार हजार ३८९ दशमलव ३५ अंकमा चढेको छ ।

यसैगरी सामुहिक लगानी कोष समूहको सूचक पनि शुन्य दशमलव शुन्य पाँच अंकले बढेको छ । वाणिज्य बैंक समुहको सुचक भने आज दुई दशमलव ६० अंकले घटेर १३ सय तीन दशमलव १७ अंकमा झरेको छ भने बिकास बैंक समूहको सूचक पनि एक सय २१ दशमलव ५० अंकले घटेर पाँच हजार तीन सय ६३ दशमलव ८३ अंकमा झरेको छ ।

फाइनान्स समूहको सूचक पनि १६ दशमलव ६२ अंकले घटेर २३ सय ८९ दशमलव ५७ अंकमा झरेकोमा जलबिद्युत समूहको सूचक १७ दशमलव ६८ अंकले घटेर तीन हजार ४५९ दशमलव ३५ अंकमा झरेको छ । यसैगरी जीवन बीमा समूहको सूचक ५४ दशमलव ३२ अंकले घटेर १३ हजार २८१ दशमलव ७३ अंकमा झरेकोमा निर्जीवन बीमा समूहको सूचक ४६ दशमलव ३० अंकले घटेर १२ हजार ३३० दशमलव छ अंकमा झरेको छ ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा ओम मेगाश्री फर्मासिटिक्ल्स लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा कर्पोरेट डेभलपमेन्ट बैंक परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीको सुचीमा भने सोल्टी होटेल लिमिटेड परेको छ ।

प्रतिक्रिया