बिहीबार, जेठ २, २०८२

छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु

नेपालखोज २०८२ जेठ २ गते १६:४७

काठमाडौं । कास्कीको पोखरा महानगरपालिका-३२ लामेआहालस्थित सडकमा धादिङबाट पोखरातर्फ जाँदै गरेको ग.१ ज ८६३० नम्बरको हाईस अनियन्त्रित भई बुधबार दिउँसो दुर्घटना हुँदा हाईसमा सवार ३ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरूमा पोखरा महानगरपालिका-२५ हेम्जा बस्ने ५१ वर्षीया झाङमाया गुरूङ, धादिङ ज्वालामूखी गाउँपालिका-५ खरी घर भएकी ४५ वर्षीया तिल कुमारी आचार्य र धादिङ निलकण्ठ नगरपालिका-२ भुलभुले बस्ने १५ वर्षीय आगम गुरूङ रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको पश्चिम क्षेत्रीय अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका हाईसमा सवार अन्य ५ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

चितवनको भरतपुर महानगरपालिका-२ लायन्सचोकस्थित सडकमा बा.प्र.०६-०१ प ११७३ नम्बरको स्कुटरलाई बा.१५ च १७३७ नम्बरको स्कार्पियोले गए राति ठक्कर दिँदा स्कुटर चालक सोही महानगरपालिका-१५ मंगलपुर बस्ने ५३ वर्षीय दिपक ढुङ्गानाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । स्कार्पियो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सर्लाहीको ब्रहम्पुरी गाउँपालिका-२ भेल्ही फुलजोरस्थित सडकमा बीआर ३० डब्लु ३२५२ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही गाउँपालिका-२ बस्ने ५० वर्षीय राम प्रताप पण्डितको मृत्यु भएको छ । मोटरसाइकलले गए राति ठक्कर दिँदा गम्भीर घाइते भएका उनको एलएस न्यूरो अस्पताल वीरगंजमा उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक समेत २ जनाको एलएस न्यूरो अस्पताल वीरगंजमा उपचार भइरहेको छ ।
कञ्चनपुरको भीमदत्त नगरपालिका-९ ब्रहमदेवस्थित सडकमा म.१ त ९२५ नम्बरको ट्याक्टरबाट खसेर सोही नगरपालिका-८ तिलाचौर बस्ने ४२ वर्षीय नकुल रानाको बुधबार दिउँसो मृत्यु भएको छ । ट्याक्टरबाट खसेर गम्भीर घाइते भएका उनको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सिराहाको धनगढीमाई नगरपालिका-९ मिलन चोकस्थित सडकमा प्र.३-०२-००६ प ४११७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गए राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका-१२ गुठी बस्ने २७ वर्षीय नागेश्वर यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सप्तऋषि अस्पताल लहानमा थप उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया