ट्रस्ट माइक्रो इन्स्योरेन्सको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । ट्रस्ट माइक्रो इन्स्योरेन्स लिमिटेडको दोस्रो वार्षिक साधारण सभा बिहीबार सम्पन्न भएको छ । आर्थिक वर्ष २०८०/८१ का लागि आयोजना गरिएको उक्त कार्यक्रम भव्य रूपमा बुटवलमा सम्पन्न भएको कम्पनीले जानकारी दिएको छ ।
कार्यक्रममा लुम्बिनी प्रदेश प्रमुख तथा नेपाल बीमा प्राधिकरणकी प्रतिनिधि श्रीमती जमुना अर्याल (आचार्य) साथै, विशेष अतिथिमा बुटवलका वरिष्ठ प्रहरी नायब निरीक्षक राजकुमार चापागाईंको सहभागी रहेको थियो ।
सभामा कम्पनीका अध्यक्ष जगत बहादुर पोखरेलले अध्यक्षीय मन्तव्य दिँदै कम्पनीको आर्थिक प्रगति, आगामी योजना तथा ग्राहक सेवामा सुधारका लागि लिइएका रणनीति प्रस्तुत गरे । कम्पनीका प्रमुख कार्यकारी अधिकृत उज्ज्वल ढुङ्गानाले बीमा पहुँचलाई ग्रामीण क्षेत्रसम्म विस्तार गर्ने उद्देश्य र देशभर अझै नयाँ शाखा विस्तार गर्दै कम्पनीको व्यापार र व्यवसायलाई अझै बढाउने योजना प्रस्तुत गरे ।
कार्यक्रमको एक विशेष खण्डमा, लुम्बिनी प्रदेश प्रमुख श्रीमती जमुना अर्याल (आचार्य), ट्रस्ट माइक्रो इन्स्योरेन्स लिमिटेडका अध्यक्ष जगत बहादुर पोखरेल र वरिष्ठ प्रहरी नायब निरीक्षक राजकुमार चापागाईंले संयुक्त रूपमा हरियाली यातायात प्रा.लि. (बुटवल), मेच्यधाम यातायात प्रा.लि. (मणिग्राम), र सत्यवती यातायात प्रा.लि. (देविनगर) लाई १०० थान रिफ्लेक्टिभ ज्याकेट वितरण गरे ।
उक्त कार्यक्रममा शेयरधनी, कम्पनीका विभिन्न शाखा प्रमुख, तथा कर्मचारीको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रमले संस्थाको पारदर्शिता, व्यावसायिक प्रगति तथा सामाजिक उत्तरदायित्वमा प्रतिबद्धता पुनः पुष्टि गरेको छ । कम्पनीले देशभर उत्कृष्ट बीमा सेवा प्रदान गर्दै आइरहेको र आगामी दिनमा बीमित वर्गलाई अझ सशक्त सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।
प्रतिक्रिया