प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित
नेपालखोज
२०८२ जेठ ३ गते १२:०२

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले अर्थमन्त्रीको उपस्थितिमा मात्र बजेटका सिद्धान्त र प्राथमिकता माथिको छलफल अगाडि बढाउन प्रस्ताव गरेपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।
प्रतिनिधिसभा नियमावली २०७९ को नियम ६ ९५० अनुसार कुनै पनि मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल चलिरहँदा सम्बन्धित मन्त्रालयको मन्त्री सदनमा उपस्थित हुनुपर्ने व्यवस्थाअनुसार विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता माथिको छलफलका क्रममा अर्थमन्त्री संसद्मा उपस्थित नरहेको भन्दै नियमापत्ति गरेका थिए ।
नियमापत्तिपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित भएको जानकारी दिए ।
सम्बन्धित
प्रतिक्रिया