सरकारले निषेधको राजनीति गर्न खोजेको लिङदेनकाे आरोप
नेपालखोज
२०८२ जेठ ३ गते १३:१४

काठमाडाैं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले सरकारले निषेधको राजनीति गर्न खोजेको आरोप लगाएका छन् ।
शुक्रबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा लिङदेनले संविधानको समेत उल्लंघन गर्दै सरकारले निषेधको राजनीति गर्न खोजेको आरोप लगाएका हुन् । उनले फरक विचार भएकै कारणले रवीन्द्र मिश्रलगायत आस्थाका बन्दीहरुलाई अपमानपूर्ण ढंगले थुनामा राखिएको भन्दै आपत्ति जनाए ।
त्यस्तै लिङ्देनले राप्रपा सम्बद्ध युवा प्रजातान्त्रीक संघका केन्द्रीय अध्यक्षलाई साइबर ब्युरोले पक्राउ गरिएको र सरकार निषेधमा उत्रिएको उल्लेख गरे । फरक बिचार राखेकै आधारमा निषेध गर्दै लैजाने औपचारिक नीति सरकारको हो भने आफुहरु विद्रोहमा जाने उहाले बताए ।
सम्बन्धित
प्रतिक्रिया