सलमान रुस्दीमाथि घातक आक्रमण गरेका माटारलाई २५ बर्षको जेल सजाय

काठमाडाैं । न्युयोर्कको एक सांस्कृतिक केन्द्रमा सन् २०२२ मा भएको चक्कु आक्रमणमा उपन्यासकार सलमान रुस्दीको हत्या प्रयास गरेको अभियोगमा एक अमेरिकी–लेबनानी नागरिकलाई शुक्रबार सजाय हुने भएको छ ।
अमेरिकी-लेबनानी नागरिक २७ वर्षीय हाडी माटारलाई यसै वर्षको फेब्रुअरीमा हत्या प्रयास र आक्रमणको अभियोगमा दोषी ठहर गरिएको थियो । माटारले आफूमाथि छुरा प्रहार गरेको र कुटपिट गरेको सुनुवाईको क्रममा रुस्दीले बताएका थिए ।
रुस्दीले भने, ‘यो मेरो आँखामा छुरा प्रहारबाट चोट लागेको थियो, यो असाध्यै पीडादायी थियो, त्यसपछि दुखाइका कारण म चिच्याएको थिएँ ।
मुद्दाको सुनुवाइका क्रममा धेरै पटक प्यालेस्टाइनको समर्थनमा नारा लगाएका माटरले रुस्दीलाई छ इन्चको धारिलो हतियार (छुरा) ले १० पटक प्रहार गरेको स्वीकारेका थिए ।
यसअघि उनले सञ्चारमाध्यमसँगको कुराकानीमा रुस्दीको ‘द स्याटानिक भर्सेस’का दुई पृष्ठ मात्र पढेको तर लेखकले ‘इस्लाममाथि आक्रमण गरेको’ विश्वास गरेको बताएका छन् ।
सन् १९८९ मा इरानले रुस्दीको हत्याको माग गरेको फतवापछि माटारको कानुनी टोलीले रुश्दीलाई उत्पीडनको सिकार भएको भनी चित्रण नगर्न साक्षीलाई अनुरोध गरेको थियो ।
इरानले आक्रमणकारीसँग कुनै सम्बन्ध नरहेको बताउँदै घटनाका लागि रुस्दी नै दोषी रहेको दावी गरेको छ ।







प्रतिक्रिया