जापानको तेल प्रशोधन केन्द्रमा ग्याँस चुहावट, एकको मृत्यु
नेपालखोज
२०८२ जेठ ४ गते १४:४४

काठमाडौं । जापानको ओसाका प्रान्त अन्तर्गतको सकाई सहरमा रहेको एक प्रमुख तेल प्रशोधन केन्द्रमा शनिबार बिहान ग्याँस चुहावटको घटना भएको छ। याे घटनामा एक जना श्रमिकको दुःखद निधन भएको छ भने दुई जना श्रमिक अस्पतालमा उपचाररत रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
घटना बिहान करिब १० बजेको समयमा भएको बताइएको छ। प्रशोधन केन्द्रको पाइप प्रणालीमा ग्याँस चुहावट भएको र केही श्रमिकहरू अचेत अवस्थामा भेटिएका छन् ।
प्रारम्भिक अनुमानअनुसार, चुहिएको ग्याँस विषालु हाइड्रोजन सल्फाइड हुन सक्ने जनाइएको छ। हाल घटनाको कारणबारे सम्बन्धित कम्पनीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सात लाख ७० हजार वर्ग मिटर क्षेत्रमा फैलिएको यो प्रशोधन केन्द्र समुद्री किनारमा अवस्थित र जापानकै एक प्रमुख इन्धन प्रशोधन स्थलको रूपमा परिचित छ ।
सम्बन्धित
प्रतिक्रिया